तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्ष महतोको निधन

मलङ्गवा(सर्लाही) । सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ । 

क्यान्सरबाट पीडित उहाँको उपचारका क्रममा बुधवार राति  भरतपुरस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो । 

बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायका अनुसार महतोको आजै दाहसंस्कार गरिने छ । उहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । बसबरिया गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदा भएको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button