बसाइँसराइ गर्नेको सङ्ख्या वर्षेनी वृद्धि
डोटी । डोटीको बोगटानफुडसिल गाउँपालिका ३ कानाचौरबाट वर्षेनी बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो ३ वर्षको तथ्यांकअनुसार ४ सय ७४ जना बसाइँ सरिएको पालिकाको तथ्याङ्कमा उल्लेख छ ।
आर्थिक वर्ष २०८७/७९ मा ५३ जना बसाइँसराइ गरि गएका छन् । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा १४१ जनाले कानाचौर छोडेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा २८० जनाले वडा कार्यालयबाट बसाइसराइको सिफारिस लिएको वडाको तथ्याङ्कीय आकडामा उल्लेख छ ।
जसमध्ये १७ जना मात्रै कानाचौरमा बसाइँसराइ गरेर आएको सङ्ख्या आकडामा छ ।
भौगोलिक विकटता, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार तथा विकासका पूर्वाधारको अभावका कारण बसाइँसराइ सर्नेको सङ्ख्या वृद्धि हुँदै गएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।
वडा अध्यक्ष कृष्ण बहादुर बमकाअनुसार वर्षेनी रोजगारीको सिलसिलामा बिदेसिनेको सङ्ख्या बढ्दै गएको र पछि कमाइ गरेर तराई क्षेत्रमा बसाइँसराइ गरेर जानेको लर्को छ ।
वडा नम्बर ३ मात्रै नभएर पछिल्लो ३ वर्षयताको तथ्याङ्क हेर्दा बोगटानबाट बसाइँसराइ गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्