तपाईँ सुन्दै हुनुहुन्छः

गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’ 

न्यूयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबीच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ । 

विदेशमन्त्री ब्लिन्केनले प्यालेस्टिनी भूमिमा १४ महिनादेखि जारी क्रूर युद्ध अन्त्य गर्ने आफ्नो सरकारको पटक–पटक प्रयास विफल भएको भन्दै युद्धविरामले गाजामा स्थायी शान्तिको वातावरण बनाउनेमा भने उहाँ विश्वस्त देखिनुभएन । 

जनवरी २० मा कार्यकाल पूरा हुने ब्लिन्केनले भन्नुभयो, “हेर्नु, म आशावादी छु । तपाई पनि हुन पर्छ ।” उहाँले भन्नुभयो, “हामीले जिम्मेवारीबाट बिदा लिनुअघि युद्धविरामका लागि प्रत्येक हप्ताको हरेक दिनको पलपल प्रयोग गर्नेछौँ ।”

वैदेशिक सम्बन्ध परिषद्को बैठकमा उहाँले भन्नुभयो, “हामीले युद्ध विरामको सम्भावना के हो भनेर अनुमान लगाउनु गलत हुनेछ।”

उहाँले युद्धविराम सम्झौताअन्तर्गत केही बन्धकहरूलाई मुक्त गरिएको तर्फ सङ्केत गर्दै भन्नुभयो, “युद्ध विराम हुनुपर्छ । यो हुन आवश्यक छ । हामीले बन्धकलाई घर फर्काउनु आवश्यक छ ।” 

युद्ध सुरु भएयता मध्यपूर्वको १२औँ भ्रमणका क्रममा गत हप्ता गरेको मूल्याङ्कन दोहोर्‍याउँदै हमासले आफ्नो संरक्षक इरानलाई भएको क्षतिका कारण थप लचकता देखाएको ब्लिन्केनले बताउनुभयो ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button