तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्ष डा.विष्टद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

कार्यकारी अध्यक्ष डा.विष्टले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सार्वजनिक सेवा प्रसारण परिषद्का अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । 

डा विष्ट यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बन्नुभएको थियो ।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले डा.विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी केही महिनाअघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । सरकारले सोही ऐनअनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा.विष्टलाई नियुक्ति गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button