लामिछानेको बारेमा अतिरञ्जित नगर्न गृहमन्त्री लेखकको आग्रह
चितवन । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेमाथि कानुन बमोजिम अनुसन्धान भईरहेकोले उहांँ बिरुद्ध बाहिर प्रतिशोध सांँधेका हल्लाहरु निराधार भएको बताउनु भएको छ ।
आज भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले संसदीय छानविन समितिले नै अनुसन्धान अध्ययन गरेको बिषय भएको र समितिमा रास्वपाका पार्टीका सदस्य नै रहेकाले सरकारले प्रतिशोध सांँधेको नभइ उहांँकै पार्टीका साथीहरुले प्रतिशोध सांँध्नु भएको हुन सक्ने प्रष्ट पार्नुभयो
लामिछानेको छानविन, अनुसन्धान कानुनसम्मत नै भएको बताउंँदै गृहमन्त्री लेखकले उहांँको हरेक प्रक्रियामा मानवअधिकार हनन नभएको बताउनु भयो । ‘रबिजी पहिलोपटक काठमाडौंमा पक्राउ पर्दा राती नै आफैंले गाडीमा पोखरा जान्छु भन्नुभयो, अहिले चितवनबाट पोखरा लैंजादा मानव अधिकार हनन हुने ! यो कस्तो परिभाषा हो ? ’ उहांँका तर्क थियो ।
पांँचवटा सहकारीका रकम अपचलन भएको उल्लेख गर्दै उहांँले वचतकर्ताको मानवअधिकारलाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो । ‘जसले फुटपाथमा मकै बेचेर, अर्काको काम गरे, हलो जोतेर बचत गरेको लाखौं बचतकर्ताको रकम हिनामिना हुंँदा मानव अधिकार हनन भएन, उहांँलाई अदालतकै आदेशमा अनुसन्धान गर्दा मानव अधिकार हनन हुने हुंँदैन ।’
बाहिर बजारमा अतिरञ्जित र हल्लाले अनुसन्धानलाई प्रभावित पारेको भन्दै कसै र कुनै पार्टीले पनि यस्तो काम नगर्न गृहमन्त्री लेखकले अनुरोध गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्