तपाईँ सुन्दै हुनुहुन्छः

‘पोखरालाई खेलकुदको राजधानीको रुपमा विकास गर्नुपर्छ’

पोखरा । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको राजधानीको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

नेशनल प्याव्सन कास्कीको आयोजनामा मङ्गलवारदेखि पोखरामा सुरु भएको १४ औँ एन प्याव्सन खेलकुद महोत्सवको मङ्गलवार उद्घाटन गर्दै मन्त्री चौधरीले पोखरामा धेरै खेलको सम्भावना भएको उल्लेख गर्दै अब पोखरालाई खेलकुदको राजधानीको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

निजी तथा आवासीय विद्यालयले गरेको खेलकुदका गतिविधिले नै खेलाडी उत्पादन गर्न मद्दत पुगेको दाबी गर्दै मन्त्री चौधरीले पछिल्लो समय नेपाल भएको एनपिएलले पनि खेलकुदमा भविष्य छ भन्ने देखाएको उल्लेख गर्नुभयो ।

नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले यस्ता खालका कार्यक्रमबाट नै निजी विद्यालय तर्फ आकर्षण बढेको दाबी गर्नुभयो । मङ्सिर २१ गतेदेखि अनौपचारिक रुपमा खेल सुरु भए पनि औपचारिक रुपमा भने मङ्गलवारदेखि शुरु भएको हो । उक्त खेलकुद महोत्सव मङ्सिर २८ गते सम्म चल्ने छ ।

महोत्सवमा ४६ विद्यालयका करिब ८ हजार ५ सय विद्यार्थी सहभागी हुने छन् । खेलकुद महोत्सवमा कुल ९ सय २९ जना विद्यार्थी पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ । यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button