‘खानपिनमा ध्यान दिन सके सुगर रोगबाट बच्न सकिन्छ’
काठमाडौँ । मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. दिपक मल्लले सुगर रोगबाट बच्न खानपिनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । वीर अस्पतालमा कार्यरत डा.मल्लले रेडियो नेपालबाट उत्पादित हाम्रो स्वास्थ्य कार्यक्रममा यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो– ‘हाम्रो शरीरमा चिनीको मात्रा बढी भयो भने मुख सुख्खा हुने,प्यास बढी लाग्ने, शरीर दुब्लाउँदै जाने र धेरै भोग लाग्ने, रातभरि पिसाब आउने जस्ता लक्षणहरू सुरुमै देखा पर्छ ।’ उहाँले सामान्य लक्षणविना पनि एक्कासी आँखा, मुख, खुट्टा तथा मृगौलामा समस्या आउन सक्ने समेत बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्