कृष्ण भीरबाट त्रिशुलीमा खस्यो ग्यास बुलेट
धादिङ। पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकास्थित वडा नम्वर ७ को कृष्ण भीरबाट ग्यास वुलेट त्रिशुली नदीमा खसेको छ ।
त्रिशुली नदीमा खसेको बुलेट भारतीय नम्वर प्लेट जस्तो देखिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बुलेट मुग्लिनबाट काठमाण्डौतर्फ आउँदै गरेको हो की भन्ने अनुमान प्रहरीले गरेको छ ।
सो बुलेटको ईन्जीन सडकबाट करिब एक सय पचास मिटर तल भिरमा अड्किएको अवस्थामा रहेको छ भने बुलेट चाही त्रिशुली नदीले बगाएर करिव दुई सय मिटर ताल पुर्याएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनु भएको छ ।
सो बुलेटमा सवार मानिस र चालकको अवस्था पनि अज्ञात रहेकाले प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्