बाजुरामा यो बर्ष धान उत्पादनमा वृद्धि
बाजुरा । बाजुरामा यो बर्ष धान उत्पादनमा वृद्धि भएको छ।
बाजुरामा यो बर्ष १७ हजार ५ सय मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
ज्ञान केन्द्रका अनुसार यस आर्थिक बर्ष २०८१/०८२ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको हो ।
गत वर्षको तुलनामा यस बर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख भूमिराज उपाध्यायले बताउनुभयो।
उहाँका अनुसार गत आर्थिक बर्ष २०८०/०८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएकोमा यो आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा बढी अर्थात् १७ हजार ५ सय मेट्रिकटन धान उत्पादन भएको हो ।
जिल्लामा धान खेतीका लागि कुल क्षेत्रफल ७ हजार २सय ३० हेक्टर सिञ्चित र ५ हजार २ सय हेक्टर, असिंचित तथा २ हजार ३० हेक्टरमा पाखो धान खेती गरिने गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्