तपाईँ सुन्दै हुनुहुन्छः

मुसिकोटमा पुस १२ गतेदेखि औद्योगिक एवं व्यापार मेला हुने

गुल्मी । गुल्मी जिल्लाको मुसिकोटमा दोस्रो मुसिकोट औद्योगिक एवं व्यापार मेला महोत्सव हुने भएको छ ।

मुसिकोट उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा आउँदो पुस १२ गतेदेखि २१ गतेसम्म दोस्रो मुसिकोट कृषि, पर्यटन, साँस्कृतिक, औद्योगिक एवं व्यापार महोत्सव २०८१ हुने पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

वामीटक्सारमा १० दिनसम्म महोत्सवमा गुल्मी जिल्लामा रहेका साना तथा मझौला उद्योगबाट उत्पादन हुने सामाग्रीहरूको प्रदर्शनमा विशेष महत्व दिइने महोत्सव प्रचारप्रसार समिति संयोजक बसन्त अधिकारीले बताउनुभयो ।

महोत्सवबाट जिल्लामा उत्पादित कृषि, पशुपालनहरूको प्रदर्शन बजारीकरण र सांस्कृतिक धरोहरहरूको प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको मुसिकोट उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष गोपीकृष्ण खरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button