तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा नक्कली ‘पिए’ पक्राउ

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गरेको आरोपमा नक्कली ‘पिए’लाई आज प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री रमेश लेखकको पिए हुँ भन्दै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई प्रहरीले काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकको सचिवालयले नक्कली पिएको विषय सचिवालयमा आएपछि विष्टको बारेमा जानकारी लिइरहेको थियो । सचिवालयकै आग्रहमा उनलाई पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले विभिन्न क्षेत्रमा पिए/सल्लाहकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरूबाट सर्तक रहन समेत आग्रह गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button