बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने तयारी
बाजुरा । सुदूरपश्चिमकै सुप्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र बडिमालिकालाई संरक्षित क्षेत्रका रुपमा विकास गर्ने तयारी थालिएको छ।
बडीमालिका बाजुरा, अछाम र कालीकोट जिल्लाको सीमा क्षेत्रमा पर्छ।बाजुराको त्रिवेणी, बडीमालिका र बुढीनन्दा नगरपालिका तथा कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका र अछामको रामारोसन गाउँपालिकाको करिब पाँच सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बडीमालिका क्षेत्र समुद्र सतहबाट २ हजार देखि ४ हजार २ सय मिटरसम्मको उचाइमा अवस्थित छ। प्रत्येक वर्ष श्रावण शुक्ल द्वादशीदेखि चतुर्दशीका दिनसम्म चल्ने जनैपूर्णिमा मेलामा बडीमालिका क्षेत्रमा विशेष मेला लाग्ने गरेको छ।
पछिल्लो समय बडिमालिका क्षेत्रको विकास र विस्तारमा व्यापक चर्चा परिचर्चा चल्न थाले सँगै बाजुराका स्थानीय पालिकाका ,सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकार गरेर बडीमालिकालाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने तयारी तीव्र गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बडिमालिकालाई धार्मिक,तता पर्यटकीय क्षेत्रको केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेकाले, ‘बडीमालिकालाई संरक्षित क्षेत्रको रूपमा विकास गरि धार्मिक पर्यटकहरू आउने सम्भावनालाई उजागर गर्नुपर्ने बताउनुभयो ।
जसका लागि आगामी आर्थिक वर्षमा संरक्षित क्षेत्रको रूपमा बजेट विनियोजन हुन्छ मन्त्री शाहिले भन्नुभयो ।
धार्मिक तथा तीर्थस्थलका रूपमा रहेको बडीमालिकालाई संरक्षित क्षेत्रका रूपमा विकास गर्ने योजना बनाइएको छ।वन तथा वातावरण मन्त्री शाहीले बडीमालिका लगायत क्षेत्रको अध्ययन जारी रहेको बताउनुभयो।
आर्थिक वर्ष २०६८र६९ को वार्षिक बजेटमा बडीमालिका संरक्षित क्षेत्र घोषणा गरिएको थियो। तर, बिना योजना मनोमानी संरचना बनाउने काम रोकिएको छैन। बडीमालिकाको मूल मन्दिर नै जीर्ण अवस्थामा छ। बडीमालिका मन्दिर ४ हजार २सय १९ मिटर उचाइमा रहेको छ।
प्रतिक्रिया राख्नुहोस्