तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज कनक्लेभको तयारी पुरा

बाँके । नेपालगञ्जमा बिहीबारदेखि आयोजना हुने दुई दिने नेपालगञ्ज कनक्लेभको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

नेपालगञ्ज म्याराथनको पूर्व सन्ध्यामा विभिन्न क्षेत्रका विज्ञलाई एकै थलोमा जम्मा गरी विभिन्न विषयगत बहस गरिने सो कनक्लेभको यो दोस्रो र डिस्कोर्सको चौथो संस्करण हो ।

यो वर्ष जीवन सङ्घर्ष र प्राप्ति, देशले गर्छ विद्युत् निर्यात नेपालगञ्जले भोग्छ ऊर्जा संकट, व्यापार घाटाको दिगो व्यवस्थापन निर्यात बस्तुमा मूल्यवृद्धि, पर्यटनको नक्सामा पश्चिम नेपालको नयाँ सर्किट, नेतृत्वको खडेरी नयाँ दलमा, देशमा,किन दौडिन्छ मान्छे, साहित्य र सिनेमाको ऐनामा समाज रुपान्तरणको चित्रजस्ता विषयमा दुई दिनसम्म बहस गरि निष्कर्ष खोजिने संयोजक जनक नेपालले जानकारी दिनु भयो ।

नेपालगञ्ज कनक्लेभको लागि आउने विज्ञहरू नेपालगञ्ज पुग्न सुरु भएको र बिहीबार बिहानदेखि मेरो प्लानेटमा सवा १० बजेदेखि कार्यक्रम सुरु हुने गरी तयारी अगाडि बढाइएको नेपालगञ्ज म्याराथन आयोजक संस्था क्रियटिभ हेण्डसका अध्यक्ष टिएस ठकुरीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button