रविसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई जिल्ला अदालतले रविलाई पक्राउ गर्न अनुमति दिएको छ ।
सानो पाइलाबाट गोर्खा मिडियामा साँढे ८ करोड रुपैयाँ लगेर अपचलन गरेको देखिएको छ । पर्सा प्रहरीका अनुसार सानो पाइलाबाट गैरकानूनी रूपमा रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक रहेका थिए ।
पर्सा प्रहरीले दिएको जानकारी अनुसार रवि लामिछाने सहित छविलाल जोशी, जीबी राई लगायत १४ जनालाई पक्राउ गर्न जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको छ ।
गत कात्तिक २ मा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्