गृहमन्त्री लेखकद्वारा गढीमाई माताको दर्शन
बारा । गृहमन्त्री रमेश लेखकले बाराको बरियारपुरस्थित गढीमाई माताको दर्शन गर्नुभएको छ ।
बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरीक्षण गर्नुभयो ।
गृहमन्त्री रमेश लेखले गढीमाई मन्दिरका पुजारीको हातबाट टिका र प्रसाद समेत ग्रहण गर्नुभयो । विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगायत मेलालाई सभ्य र भव्य बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको गृहमन्त्री रमेश लेखकले बताउनुभयो ।
गढीमाई मेलालाई व्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताउनुभयो ।
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले गृहमन्त्रीले गढीमाई मेलाको अवलोकन गरेर सुरक्षा व्यवस्थापनको बारेमा जानकारी लिएको बताउनुभयो ।
मङ्सिर ०१ गतेदेखि सुरु भएको गढीमाई मेला मङ्सिर ३० गतेसम्म चल्ने छ ।
प्रतिक्रिया राख्नुहोस्