तपाईँ सुन्दै हुनुहुन्छः

६ सय किलो गाँजा बरामद

धरान । प्रहरीले सुनसरीको धरानबाट मङ्गलवार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिव धाराबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । 

गाँजा बरामद गर्ने क्रममा प्रहरीले चार राउन्ड गोलीसमेत प्रहार गरेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो । धनकुटाबाट धरानतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले बा १ झ ५१२७ र बा १ झ ४६०५ सरकारी नम्बर प्लेटका दुई वटा जिपलाई मङ्गलवार राति नियन्त्रणमा लिएको थियो । दुवै जिपलाई रोकेर जाँच गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले गोली हानेर गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो । 

धनकुटाबाट गाँजा ल्याइँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय भानु चोकबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । गाँजा बरामद गर्ने क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा–११ का ३६ वर्षीय श्यामकुमार विक रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button