तपाईँ सुन्दै हुनुहुन्छः

स्वरसम्राट नारायण गोपालको आज ३४औँ स्मृति दिवस

काठमाडौँ। स्वरसम्राट नारायण गोपालको ३४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

असङ्ख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको हो । उहाँको विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।

वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले थुप्रै कालजयी गीत गाउनु भएको छ ।

उहाँका ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘एउटा मान्छेको मायाले’, ‘झरेको पात झैँ भयो जिन्दगी’, ‘यो मुटुलाई कसरी सम्झाई बुझाऊँ’, ‘केही मीठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ जस्ता गीतहरू चर्चित छन् ।

स्वरसम्राट नारायण गोपाल गुरूवाचार्यको ३४ औं स्मृति दिवसका अवसरमा आज बिहान प्रसारित अन्तरसँवादको भिडियो सामग्री ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button