सर्लाही जिल्ला स्तरीय विज्ञान प्रदर्शनी सुरु
सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी सुरु भएको छ ।
बलरा नगरपालिका र युनेस्कोको संयुक्त आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीको सहकार्यमा मङ्गलवार र बुधबार गरी दुई दिवसीय विज्ञान प्रदर्शनी मेला सुरु भएको हो।
प्रदर्शनीको उद्घाटन प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गर्नुभएको थियो ।
विज्ञान तथा प्रविधिको क्षेत्रमा दखल राख्ने एवं गाउँघरमा लुकेको प्रतिभावान् व्यक्तिको खोज गर्ने उद्देश्यका साथ पहिलो पटक सर्लाही जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला २०८१ सुरु भएको बलरा नगरपालिकाले जनाएको छ।
सर्लाही जिल्ला स्तरीय विज्ञान प्रदर्शनीमा सर्लाही भरका विद्यार्थीले आ–आफ्नो विद्यालयको तर्फबाट विभिन्न विज्ञान प्रदर्शनी गरेका थिए । विज्ञान प्रदर्शनी भोली सम्म गरिने छ।
प्रतिक्रिया राख्नुहोस्