नेपाल नेत्रहीन टि ट्वान्टी विश्वकपको फाइनलमा पुग्न असफल
काठमाडौँ । नेपाल पाकिस्तानमा जारी नेत्रहीन टि ट्वान्टी विश्व कपको फाइनल पुग्न असफल भएको छ ।
नेत्रहीन विश्व कपको १२ वर्षे यात्रामा पहिलो पटक सेमिफाइनल पुगेको नेपाल फाइनल पुग्न भने सकेन । आइतबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग १० विकेटको फराकिलोपछि नेपालको यात्रा सेमिफाइनलमा सकिएको हो ।
नेपाली टोलीले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ६ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलमा पुगेको थियो । लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग १० विकेटले नै पराजित भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्