तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा उपनिर्वाचन सुरु

बर्दिया । बर्दियामा स्थानीय तह उप निर्वाचन सुरु भएको छ । ठाकुरबाबा नगरपालिका वडा नं ४ को वडाध्यक्षमा पदको लागि उप निर्वाचन हुन लागेको हो ।

आज बिहान ७ बजे देखि उप निर्वाचन सुरु भएको हो । ठाकुरबाबा नगरपालिका वडा नं ४ बगनाहको कृषि शाखाको भवन र बरगदहीको शिशु बाटिका आधारभूत विद्यालयको भवनमा निर्वाचन हुन लागेको हो ।

ठाकुरबाबा नगरपालिकामा महिला महिला एक हजार आठ सय ३९ र पुरुष एक हजार छ सय ७१ गरी मतदाता तिन हजार पाँच सय १० जना मतदाता रहेका छन् । निर्वाचनका लागि दुई ओटा मतदाता स्थलमा ५ ओटा मतदाता केन्द्र राखिएको छ ।
वडाध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट अमिन थारु, नेकपा एमालेबाट विष्णु प्रसाद देवकोटा, नेकपा माओवादीबाट शेरबहादुर थारुले उम्मेदवार हुनुहुन्छ । त्यसैगरी नागरिक उन्मुक्ती पार्टीबबाट प्रितिलाल थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बासुदेव शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रत्ना बहादुर शाहीले उम्मेदवार हुनुहुन्छ ।

वडाध्यक्ष सूर्यबहादुर विष्ट जिल्ला समन्वय समितिका प्रमुख भएपछि हाल उपनिर्वाचन भएको हो२०७९को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष सुर्य बहादुर विष्ट जिल्ला समन्वय समितिको प्रमुख भएपछि हाल निर्वाचन हुन लागेको हो । निर्वाचनलाई मध्येनिर गर्दै ठाकुरबाबा नगरपालिका ४को सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । हाल सम्म २ सय भन्दा बढी मत खसेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button