तपाईँ सुन्दै हुनुहुन्छः

मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने

काठमाडौँ । निर्वाचन आयोगले पर्सि आइतबार हुने स्थानीय तह उपनिर्वाचन मतगणनाको परिणाम आयोगको वेबसाइबाट हेर्न सकिने व्यवस्था गरेको छ ।

आइतबार मतदान सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुने र परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

उपनिर्वाचन हुने नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय–समयमा आयोगको वेबसाइट result.election.gov.np मा नै अद्यावधिक गरिने राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यम लगायत सम्बन्धित सबैमा जानकारीका लागि आयोगले अनुरोध गरेको छ ।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button