तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहद्वारा एमाले उम्मेदवार चढेको गाडीमा ढुङ्गा प्रहार

जाजरकोट । अज्ञात समूहले नेकपा एमालेका उम्मेदवार चढेको गाडीमा ढुङ्गा प्रहार गरेको छ ।

अज्ञात समूहले  बिहीबार नलगाड नगरपालिका–१ चिउरीमा एमालेको तर्फबाट नलगाड नगरपालिकाको उपमेयर पदका उम्मेदवार सुनिता बोहरा चढेको गाडीमा ढुङ्गा प्रहार भएको हो । 

नलगाड नगरपालिका दल्लीबाट नलगाड–१ चिउरीतर्फ जाँदै गरेको लु२च ६२२४ नम्बरको गाडीमा ढुङ्गा प्रहार भएको र ढुङ्गा प्रहारबाट जिपमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

चुनावी प्रचारमा हिँडेको जिपमाथि नलगाड–१ सिमपानी भन्ने ठाउँमा ढुङ्गा प्रहार भएको हो ।  घटनाबारे जिल्ला प्रहरी जाजरकोटलाई खबर गरिएको उम्मेदवार बोहराले बताउनुभयो ।

अज्ञात समूहको ढुङ्गा प्रहार गाडीको अघिल्लो भागमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button