तपाईँ सुन्दै हुनुहुन्छः

चापाकलबाट निस्केको पानीको खाल्डोमा डुबेर डेढ वर्षीय बालकको मृत्यु

सिरहा। सिरहा जिल्लाको कर्जन्हा नगरपालिका–६ मिर्चैया धनगढ्हाटोलमा चापाकलबाट निस्केको पानी जम्ने सानो खाल्डोमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ। मृतक रितिक पासवान स्थानीय सुजित पासवानका छोरा हुन्।

मंगलबार बिहान ठुली छोरीलाई विद्यालय पुर्‍याउन गएका बेला रितिक खेल्दै घरबाट बाहिर निस्केका थिए। पानी जमेको खाल्डोमा डुबेको हुनसक्ने वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

छिमेकीले खाल्डोमा बालकको खुट्टा देखेपछि चिच्याउँदै गाउँलेलाई बोलाएका थिए। गाउँलेले बालकलाई तत्काल खाल्डोबाट निकालेर बेहोस अवस्थामा फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पुर्‍याएका थिए। तर, अस्पतालले बालकलाई मृत घोषित गरेको श्रेष्ठले बताउनुभयो।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको छ। प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button