तपाईँ सुन्दै हुनुहुन्छः

डिडिसी सुधारका लागि प्रयास गर्दैछु : कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।

आज सिहंदरवार स्थित मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तबरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको भन्दै त्यसको नतिजा चाँडै देखिने उल्लेख गर्नुभयो ।

डिडिसीले किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले बताउनुभयो । सरकारले दूधमा पनि आत्मनिर्भरताको विषय उठाउँदै ‘किसानको दूध खरिद नगर्ने भन्ने कुरा हुन सक्दैन’ मन्त्री अधिकारीले भन्नुभयो ।

ज्ञापन पत्र बुझाउँदै सञ्जालले दूध, उखु, सुपारी लगायत समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button