पालिकामा सञ्चालित शिविरबाट पन्ध्र सय बढी लाभान्वित
भोजपुर । दुर्गम क्षेत्रका नागरिकलाई विभिन्न किसिमका स्वास्थ्य सेवा दिने उद्देश्यका साथ भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा सञ्चालन भएको चार दिने स्वास्थ्य शिविरमा एक हजार पाँच सय बढीले स्वास्थ्य सेवा पाएका छन् ।
कादुरी एसोसिएसन ब्रिटिस गोर्खा नेपालको आयोजनामा सञ्चालित शिविरमा जनरल मेडिसिन, आँखा, दाँत, कान, इसिजी सेवा, अल्ट्रा साउन्ड टेष्ट, स्त्रीरोग, ल्याब परिक्षण लगायतका सेवा प्रवाह भएको थियो । शिविरमा कुल एक हजार पाँच सय बढीले सेवा लिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
आफ्नै पालिकाभित्र विशेषज्ञ स्वास्थ्यकर्मीहरूबाट धेरै किसिमका स्वास्थ्य सेवा पाएकोमा स्थानीय नागरिक खुसी देखिएका थिए । आयोजक कादुरीका प्रोजेक्ट म्यानेजर राजन राईले शिविरबाट ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिन पाउँदा खुशी लागेको बताउनुभयो ।
शिविरको बेलायतका राजदूतले समेत अवलोकन गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्