तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

इस्लामवाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा  आक्रमण गर्दा भएको हिंसामा ठुलो हताहत भएको थियो ।

यस आक्रमणले सिया र सुन्नी समुदायहरू बिच साम्प्रदायिक हिंसाको लहर निम्त्याएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणहरूले मृतकको सङ्ख्या अझै बढ्दै गएको छ । 

 हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित  जिल्लाको स्थलगत  भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button