तपाईँ सुन्दै हुनुहुन्छः

लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु

लेबनान । लेबनानमा भएको इजरायली हमलामा दर्जनौँ मानिसहरूको मृत्यु भएको जनाइएको छ ।  जसमा मध्ये बेरुतको बास्टा क्षेत्रको बहुमंजिला आवासीय भवनमा भएको हमलामा २९ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाका अनुसार  सेनाले १२ वटा हिजबुल्लाह कमान्ड सेन्टरमा आक्रमण गरेको थियो । हिजबुल्लाहको इन्टेलिजेन्स युनिट, कोस्ट–टु–सी मिसाइल युनिट र युनिट–४४००–सिरिया हुँदै इरानबाट लेबनानमा हतियार तस्करीका लागि सक्रिय  छन् । 

  सेनाले यी कमान्ड सेन्टरहरू इजरायल विरुद्ध आतङ्कवादी आक्रमणको योजना बनाउन, कार्यान्वयन गर्न र दक्षिणी लेबनानमा सक्रिय  सैनिकहरू विरुद्धको आतङ्कवादी गतिविधिको निगरानी गर्न प्रयोग गरिएको जनाएको छ ।  

यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको सङ्ख्या वृद्धि भई २० जना पुष्टि भएको तथा मृतकको सङ्ख्या बढ्न सक्ने  रिपोर्ट गरेको छ । 

युद्धविराम  प्रयासका बाबजुद इजरायलले  हिजबुल्लाह विरुद्ध आफ्नो सैन्य अभियान जारी राख्दा बेरुतमा हवाई आक्रमण भएको हो । सेनाले हमला बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहका स्थानहरूलाई लक्षित गरी गरेको पुष्टि गरेको छ ।

यस अघीनै इजरायली सेनाले नागरिक क्षति कम गर्न ,भवनहरू खाली गर्ने आदेश जारी गरेको थियो  ।  गत आइतबारको हवाई आक्रमणमा हिजबुल्लाहका प्रवक्ताको मृत्यु भएपछि मध्य बेरुतमा इजरायली हवाई आक्रमणमा वृद्धि भएको सिएनएनले जनाएको छ ।

इजरायली हवाई आक्रमणले पूर्वी लेबनानको बालबेक–हर्मेल क्षेत्रमा पनि प्रहार गरेको छ, जहाँ  चार बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । 

 आक्रमणले लेबनान वरपरका क्षेत्रमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् भने टायर सहर लक्षित आक्रमणमा पाँच जनाको मृत्यु तथा १९ जना घाइते भएका थिए ।

सेप्टेम्बरदेखि, इजरायली हवाई आक्रमणले धेरै हिजबुल्लाह कमान्डरहरूको नरसंहार गर्नुका साथै मुख्य पूर्वाधार लक्षित गर्दा दक्षिणी लेबनानमा व्यापक विनाश निम्त्याएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार लेबनानमा  द्वन्द्वका कारण तीन हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् । रासस/एएनआई 

प्रतिक्रिया राख्नुहोस्

Back to top button