तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय गौरबको आयोजना सिक्टा सिँचाइको संसदीय समितिद्वारा अनुगमन

बाँके । संसदीय समितिले बाँके स्थित राष्ट्रिय गौरबको आयोजना सिक्टा सिँचाइको समग्र अवस्थाबारे अध्ययन गरेको छ । 

सिक्टाबाट हाल भइरहेको सिंचाईका क्रममा रहेका समस्या, थप सिँचाइको सम्भावना तथा चालु योजनामा रहेको सम्भावना अध्ययन गरी सरोकारवालासँग छलफल पछि सिफारिसका लागि संसदीय समितिले अनुगमन गरेको हो ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सदस्य ठाकुर गैरेको नेतृत्वमा बाँके आएको समितिले सिक्टाको अनुगमन गरी आज जिल्ला प्रशासन कार्यालय बाँकेमा सरोकारवालासँग छलफल गरी राय, सुझाव लिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिनु भयो । 

राष्ट्रिय गौरबको आयोजना सिक्टा सिँचाईको निर्माणको पछिल्लो अवस्था र निर्माणका क्रममा आएका बाधा अवरोध फुकाउन सरकारलाई सुझाव दिने उद्देश्यले संसदीय समितिले अनुगमन गरेको समितिका सदस्य गैरे बताउनु भयो ।

६ जना सांसद तथा सिक्टा सिंचाई आयोजना प्रमुख राजु आचार्य र प्राविधिक सम्मिलित टोलीले निर्माण सुरु भएको १८ वर्ष पुग्दा पनि सम्पन्न हुन नसकेको उक्त सिक्टा सिँचाई आयोजनालाई अझै तीव्रताका साथ निर्माणमा देखिएका समस्या र समाधानको ठोस कारण सहित सरकारलाई निर्देशन दिन समितिले अनुगमन गरेको जनाएको छ ।

बाँकेको अगैयास्थित राप्ती नदिमा ब्यारेज निर्माण गरी पूर्वी र पश्चिम मुल नहर, शाखा र प्रशाखा निर्माण गरेर बाँकेको करिब ४३ हजार हेक्टर जमिन सिँचाई गर्ने उद्देश्य रहेको सो आयोजना आर्थिक वर्ष २०६२/६३ मा निर्माण शुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button