तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो मेयर कप प्रतियोगिता : माडीलाई हराउँदै हेटौडा उपमहानगर विजयी

चितवन । रत्ननगरमा जारी तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा हेटौडा उपमहानगरपालिका विजयी भएको छ ।

माडी नगरपालिकालाई १–६ गोल अन्तरले पराजित गरि हेटौडा उपमहानगर विजयी भएको हो । प्रतियोगितामा हेटौडाका विजय दोङ म्यान अफ दी म्याच घोषित भएका छन् ।

भोली सोमबार राप्ती नगरपालिका र कालिका नगरपालिकाबिच खेल हुने आयोजकले जनाएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिनुभयो ।

नेपाल माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा चितवनका सात, मकवानपुरका दुई र नवलपरासीको एउटा पालिका १० वटा टिमले सहभागिता जनाएको खेलकुद विकास समितिका संयोजक चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ११ हजार १११, द्वितीय हुने टिमलाई १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगर स्तरीय खेलकुद विकास समितिका सहसंयोजक सौगात भुजेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्लेयर अफ द म्याच घोषित हुने खेलाडीलाई २ हजार ५०० र प्लेयर अफ द टुर्नामेन्ट घोषित हुने खेलाडीलाई १० हजार ५०० प्रदान गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button