तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्य विभाजनको टुङ्गो लगाएको छ ।

पार्टी संरचनामा कार्य विभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले माथिल्लो कमिटीदेखि तल्लो तहसम्म नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्य विभाजन गरेको पोलिटब्यूरो सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।  उहाँका अनुसार नेताहरूको जिम्मेवारी तथा कार्य विभाजन अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने छ ।

कार्यदलद्वारा पार्टीमा फरक विचार पक्षधरलाई जिम्मेवारीमा केन्द्रित गर्ने गरी नेताहरूको कार्य विभाजन गरिएकाले सङ्गठन थप सुदृढीकरण गरी गतिशील बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिएको छ भने अन्य नेताहरूको कार्य विभाजन पनि गरिएको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button