तपाईँ सुन्दै हुनुहुन्छः

कास्की जिल्लाव्यापी अन्तर विद्यालय भलिबल प्रतियोगिता सुरु

पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्लाव्यापी अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसरमा आयोजना गरेको प्रतियोगितामा कास्कीका ४० टिमको सहभागिता छ ।

खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङले प्रतियोगितामा छात्रतर्फ २६ र छात्रातर्फ १३ टिमको सहभागिता रहेको बताउनुभयो । प्रतियोगितामा दुवैतर्फ प्रथम हुनेले नगद ५० हजार, पदक र प्रमाणपत्र, दोस्रो हुनेले नगद ३० हजार, पदक र प्रमाणपत्र, तेस्रो स्थान हासिल गर्नेले नगद १५ हजार, पदक र प्रमाणपत्र र उत्कृष्ट खेलाडी एक जनाले नगद ५ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यसैगरी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्वितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद संयोजक तेज बहादुर गुरुङले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका–१ का अध्यक्ष साहारा प्रधानले प्रतियोगिताको उद्घाटन गर्दै पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले हीरक महोत्सवको अवसर पारी २०८० मङ्सिर २० देखि विविध कार्यक्रमको आयोजना गर्दै आइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button