उपनिर्वाचन आचारसंहिता: ३ बुँदे निर्णय
डोल्पा । यही मङ्सिर १६ गते हुँदै गरेको स्थानीय तहको उपनिर्वाचनको लागि डोल्पामा निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन गर्न ३ बुँदे निर्णय गरिएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ ल्हाँ मा वडा अध्यक्षको पदका लागि हुँदै गरेको उपनिर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन स्वच्छ , निष्पक्ष ,स्वतन्त्र र धाँधली रहित/शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नको लागि मंशिर ७ गते उपनिर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक बसी निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आयोग नेपालबाट लागु गरिएको निर्वाचन आचारसंहिता २०७९ मा भएको सम्पूर्ण व्यवस्था अनुरुपको निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरिएको हो ।

जिल्ला उपनिर्बाचन आचारसंहिता अनुगमन समितिका संयोजक एवम् मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतिको अध्यक्षतामा बसेको बैठकले राजनीतिक दल, दलको भातृ संगठन, उम्मेदवार, कर्मचारी, सुरक्षा निकाय, राज्चारकर्मी, मतदाता लगायत सम्बन्धित सबैले पालना गर्ने, गराउने र गर्न लगाउने बुँदा सहितको निर्णय भएको हो ।
आचारसंहिता उल्लङ्घन गरेमा आचार संहिता पालनाको लागि निर्देशन दिने र निर्देशनको पालना नभएमा आवश्यक कार्बाहिको लागि प्रक्रिया अगाडि बढाउने , स्थानीय तह उपनिर्वाचन २०८१ स्वच्छ, स्वतन्त्र , निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगबाट सम्पन गर्न आ-आफ्फो तर्फवाट भूमिका निर्वाह गर्ने भनी ३ बुँदे आचारसंहिता सर्बसहमतिले बनाईएको छ ।

छलफलमा जिल्ला अदालत डोल्पाका श्रेष्तादार हरि गोपाल ज्ञावलिले सबैलाई उपनिर्वाचन निष्पक्ष हुने कुरामा बिस्वस्त हुन आग्रह गर्नुभयो । चुनाब सम्पन्न गर्न सबै जिम्मेवार निकायहरु बाट सहयोगको अपेक्षा गरेको जानकारी गर्दै जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत चन्द्रदेभ भारतिले सबैले आचारसंहिता पालना गर्न गराउन अनुरोध गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्