प्रधानमन्त्री ओलीसँग भारतका स्थल सेनाध्यक्षको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीसँग भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।
![](https://radionepalonline.com/wp-content/uploads/2024/11/NepaliSena-7Mangsir-Rss-2-1024x683.jpg)
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँहरुबीच दुई पक्षीय चासो र हितका विषय र नेपाल–भारतबिचको सैनिक सम्बन्धका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबिच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गर्नुहुँदै दुई छिमेकी बीचको सहकार्य र सम्बन्धलाई अझ बढाउनुपर्ने बताउनुभयो ।
![](https://radionepalonline.com/wp-content/uploads/2024/11/PMOliSeretariat-7Mangsir-Rss-WhatsAppImage2024-11-22at5.29.38PM1-1024x561.jpg)
भेटमा भारतका स्थल सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस भएको उल्लेख गर्नुहुँदै दुई देशको सम्बन्धलाई थप सुदृढ गर्न सेनाको भूमिका बढाउने बताउनुभयो ।
भारतका स्थल सेनाध्यक्ष द्विवेदी नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा बुधबार नेपाल भ्रमणमा आउनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्