तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा विधेयकलाई टुङ्गोमा पुर्‍याइने छ : सभामुख

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा रहेको शिक्षा विधेयकलाई यथासक्य टुङ्गोमा पुर्‍याउन पहल गर्ने बताउनुभएको छ । उहाँले पुरानै नीति अनुसार शिक्षाको अवस्था बदल्न नसकिने र त्यसका लागि समय अनुसार ऐनलाई परिमार्जन हुने बताउनुभयो । 

आज बिर्तामोड नगरपालिकामा रहेको इन्द्रचन्द्र क्याम्पसको क्याम्पस सभालाई सम्बोधन गर्दै उहाँले सामुदायिक क्याम्पसलाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आधिकारिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्रका लागि पहल गर्ने बताउनुभएको थियो । उहाँले शिक्षा क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको बताउँदै सोही अनुसार मेहनत गर्न क्याम्पसलाई आग्रह गर्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, ‘विद्यार्थीहरू गुणस्तरीय र सुविधा सम्पन्न शैक्षिक संस्था खोजिरहेका छन् । त्यस अनुसार व्यवस्थापन मिलाउनुपर्छ ।’

शिक्षा र स्वास्थ्यमा हब बनेको बिर्तामोडमा अस्पताल, शैक्षिक संस्थाहरूबिच स्वच्छ प्रतिस्पर्धा भइरहेको उहाँको भनाई छ । सभामा क्याम्पस प्रमुख प्रकाश दाहालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले क्यूएए पाएपछि क्याम्पसले नयाँ फड्को मार्ने बताउँदै अन्य सङ्कायहरू समेत थप गर्नुपर्ने माग राख्नुभयो । सो अवसरमा जग्गादाता, अक्षयकोषका दाताहरू, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button