तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री मोदी गुयाना भ्रमणमा

गुयाना । प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि बुधबार गुयाना पुग्नु भएको छ । उहाँ ५६ वर्षमा गुयानाको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ  । प्रधानमन्त्री मोदी लाई एयरपोर्टमा गुयानाका राष्ट्रपति मोहम्मद इरफान अली तथा मन्त्रीहरूले स्वागत गरेको स्रोतले जनाएको छ ।  

प्रधानमन्त्रीको आगमनको असरमा गुयानाले राष्ट्रपतिद्वारा शुभकामनासहित गुयानाको जर्जटाउनमा औपचारिक स्वागत र गार्ड अफ अनर प्रदान गरेको छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले गुयानाको संसद्को विशेष बैठकलाई सम्बोधन गर्ने तथा भारत–क्यारिकम शिखर सम्मेलनमा क्यारेबियन साझेदार देशका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

प्रधानमन्त्रीको गुयाना भ्रमण अघि पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयले गुयानाका राष्ट्रपति मोहम्मद इरफान अलीको निमन्त्रणामा प्रधानमन्त्रीको भ्रमण भएको उल्लेख गरेको थियो ।

विदेश मन्त्रालयका पूर्व सचिव जय दीप मजूमदारले भारत र गुयानाबिच उच्चस्तरीय सम्पर्क बढेको जनाउँदै गुयानासँग लामो समय देखि विकासलगायतका अन्य आवश्यक साझेदारी गरेको उल्लेख गर्नु भयो । 

 गुयाना भ्रमणका बारेमा विस्तृत जानकारी दिँदै मजूमदारले प्रधानमन्त्री मोदी राष्ट्रपति इरफान अलीसँग प्रतिनिधिमण्डल स्तरको वार्तामा संलग्न हुने बताउनु भएको छ । 

विदेश मन्त्रालयका अधिकारीले गुयाना विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको अर्थतन्त्र भएको उल्लेख गर्दै भविष्यमा भारतले गुयानासँग विभिन्न थप क्षेत्रमा साझेदारी गर्ने अवसर पाउने बताएका छन् ।  रासस/एएनआई 

प्रतिक्रिया राख्नुहोस्

Back to top button