तपाईँ सुन्दै हुनुहुन्छः

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एन्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई आज सम्मान गर्नुभएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गर्नुभएको हो । यही ५ देखि ११ नोभेम्बरमा मालदिभ्समा भएको  प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाउनुभयो ।नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button