तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीन भ्रमणमा

काठमाडौँ । संघीय संसद्, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको १० दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको छेन्दु प्रस्थान गर्नुभएको छ । 

जनवादी गणतन्त्र चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा आयोजना हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिनका लागि उपाध्यक्ष घिमिरे चीनको छेन्दु प्रस्थान गर्नुभएको हो ।

उहाँ आज अपराह्न १२ः२० बजे को सिचुवान एयरलाइन्सको उडानबाट छेन्दु तर्फ प्रस्थान गर्नुभएको छ ।  कार्तिक २८ देखि ३० गते सम्म हुने दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । 

उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण गर्ने र जनकंग्रेसका प्रान्तीय पदाधिकारी तथा प्रान्तीय विशिष्ट पदाधिकारीहरूसँग भेटवार्ता गर्नुहुने छ । उहाँ भ्रमण सम्पन्न गरेर मङ्सिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ । 

उपाध्यक्ष घिमिरे सँगै उहाँका श्रीमान् दुर्गाप्रसाद आचार्य र स्वकीय सचिव प्रेमबहादुर सिंह पनि भ्रमणमा सहभागी हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button