पोखराको भण्डारढिकमा २५ औँ आर्दश कप फुटबल प्रतियोगिता हुने
पोखरा । कोभिड १९ को सङ्क्रमणले गर्दा प्रभावित भएको आर्दश कप फुटबल प्रतियोगिताले ६ वर्षपछि मात्र निरन्तरता पाउने भएको छ । पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबले यस वर्ष आउँदो मङ्सिरको अन्तिम साता २५ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८१ आयोजना गर्ने तयारी गरेको हो ।

आउँदो मङ्सिर २२ देखि २९ गतेसम्म (८ दिन) भण्डारढिक खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लबका अध्यक्ष पदम गुरुङले बताउनुभयो । उहाँका अनुसार विभागीयसहित गण्डकी प्रदेशका विभिन्न ८ टिमको सहभागिता हुने छ ।
प्रतियोगितामा विजेताले ४ लाख २५ हजार ५ सय २५ रुपैयाँ र उपविजेताले २ लाख २५ हजार ५ सय २५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले २५ हजार प्राप्त गर्ने भएको छ भने प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । खेलाडीको प्रोत्साहन स्वरूप प्रत्येक खेलको म्यान अफ द म्याच घोषणा सहित ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको खेल संयोजक ओम प्रकाश गुरुङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्