पूर्ण बहादुरको सारङ्गी: डा.बस्याल भन्नू हुन्छ आवश्यक परे कानुनी उपचारमा जान्छु

नवलपरासी पश्चिम्।पछिल्लो समय आम दर्शकको मन तानिरहेको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को मूलकथा उपन्यास ‘संग्रामपुर, उपन्यास सँग मिलेको यसका लेखक डा.शिव शङ्कर बस्यालको दाबी छ।लेखक बस्यालले फिल्ममा देखाइएका पात्र कथावस्तु र परिवेश अधिकांश मुल कथा सँग मिल्नु स्वभाविक हुन नसक्ने बताउनु हुन्छ।
नेपाली समाज हो एक दुईवटा कथा बस्तु मिल्नु स्वभाविक हो तर चलचित्र हेर्दा त्यो लाग्दैन मलाइ चिन्ने,र उपन्यास पढेर चलचित्र सँग दाज्नेहरुले पनि यो महसुस गरिरहनु भएको छ”लेखक बस्याल भन्नु हुन्छ ।आफूले मुद्दा मामिला गरेर नेपाली दर्शकको मन जितेको चलचित्र रोक्ने पक्षमा आफू नरहेको तर जानकारी गराउँदा पनि निर्माण पक्षबाट छलफलको वातावरण सम्म तयार नभएको डा.बस्यालको गुनासो छ ।
“केही समय देखि नै कसैलो लेख,कथा वा उपन्यासको कपि गरेर पात्रको मर्म र नाम नै परिवर्तन गर्ने प्रचलन नेपाली चलचित्र क्षेत्रमा चल्दै आएको छ उहाँको भनाई छ ।
“आम नेपाली दर्शकले सबैले यो कुरा बुझ्नु हुन्छ भन्ने छैन चलचित्रले राम्रो प्रदर्शन गरिरहँदा मेरा कुरा हरू तितो लाग्न सक्छ कति पय कथा बस्तु हरू मिल्ने स्रष्टा र पाण्डुलिपि अधिकार भन्ने कुरा पनि रहन्छ भनेर चलचित्र क्षेत्रमा यो हुनु हुँदैन भनेर ब्रेक थ्रु गर्ने काम मात्रै गरेको हुँ”।
डा.बस्याल भन्नू हुन्छ ।चलचित्रमा प्रस्तुत गरिएका रुपमानकै जोर जबरजस्तीले चलचित्रका पात्र समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु जस्ता अधिकांश कुराहरू मिलेको र केही प्रसङ्ग फेरिएपनी उपन्यासको मुल कथाको र यसको भाव हुबहु मिलेको लेखक बस्यालको पूर्ण दाबी छ ।
“मैले छलफल र निर्माण पक्ष सँग कुरा गर्ने कोसिस गरिरहेको छु,केही यसै क्षेत्रका साथीहरूले पनि लबिङ गर्नु भएको छ,यो मेरो रहर होइन बाध्यता पनि हो,मलाई कुनै लोभ पनि छैन,फिल चलोस् भन्ने नै चाहन्छु ,तर अन्तिमत:सहज वातावरण तयार नभए कानुनी उपचार नै अन्तिम विकल्प हो जान्छु”डा.बस्यालले रेडियो नेपाल सँग भन्नू भयो ।,यद्यपि यो वातावरण तयार नहोस् भन्ने मेरो चाहाना हो “लेखक बस्याल भन्नु हुन्छ ।कथामा उपन्यासको बाहेक अरू नौला विषय बस्तुहरू पनि समावेश नभएको उहाँ बताउनु हुन्छ ।डा.बस्याल पश्चिम् नवलपरासीको बर्दघाट स्थित भुताहा निवासी हुनुहुन्छ ।
यस विषयमा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम परिश्रमी भन्नुहुन्छ”मैले उहाँ उपन्यास पनि पढ्न पाएको छैन,चलचित्र हेर्न पाएको छैन,बोलिहाल्नु उचित नहोला ।
तर यहाँका साहित्य कर्मी लेखक कलाकर्मीहरूले र स्व.लेखकले प्रस्तुत गरेका आधारहरू हेर्दा पात्र मात्रै फरक बनाइएको छ भन्ने कुरा आएको छ,त्यत्तिको लेखक ले यसै बोल्नु भएको त होइन होला”परिश्रमी भन्नुहुन्छ ।फिल्ममा समावेश पुस्तकसँग मिलेको आफूले पाएको लेखक शिवशङ्कर बस्यालको १० बुँदे तथ्यगत दाबी यस्तो छ ।
१) पूर्णबहादुर र कमल चलचित्रका दुई मूल पात्र हुन् । जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर ।
२) पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रूपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ ।
३) छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रूपमानसँग मिल्दा छन् ।
४) आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटक पटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसङ्ग मिल्दो छ ।
५) जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।
६) पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु ।
७) त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिँदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
८) संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
९) बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
१०) रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।








प्रतिक्रिया राख्नुहोस्