सरकारले जनकपुर चुरोट कारखाना सञ्चालन गर्छ : नेता महासेठ
महोत्तरी । नेकपा एमालेका सचिव रघुवीर महासेठले जनकपुर चुरोट कारखाना लिमिटेड(जचुकाली) सञ्चालन गर्ने बताउनुभएको छ ।

बर्दिबासमा पत्रकारसँगको भेटघाटमा उहाँले जनकपुर चुरोट कारखाना लिमिटेडलाई निजीकरण गर्न वा बेच्न खोजिएको भनेर सरकारमाथि लगाइएको आरोप निराधार रहेको स्पष्ट पार्नुभयो । सरकार कुनै पनि कलकारखानालाई निजीकरण गर्ने मुडमा नरहेको उहाँले उल्लेख गर्नुभयो ।
केही दिनअघि जनकपुरधाममा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले अहिले मधेस प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको र त्यसविरुद्ध आन्दोलन गर्ने सम्मको चेतावनी दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्