तपाईँ सुन्दै हुनुहुन्छः

तराई-मधेश सहित देशका विभिन्न भागमा उल्लासका साथ छठपर्व मनाइयो

काठमाडौँ । तराई–मधेशका विभिन्न जिल्लासहित देशैभर धार्मिक विधिपूर्वक छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका छन् ।

कार्तिक शुक्ल चतुर्थी देखि सुरु भएको छठ भोली उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएपछि सम्पन्न हुन्छ ।

आज व्रत बस्नेले हिजो दिनभरि निराहार बसी बेलुकी आफैले पकाएको खीर अथवा खरना खाने गर्दछन् ।

छठका दिन व्रत बस्ने व्यक्तिले आफैले प्रसादका रुपमा ठकुवा, भुसवा लगायतका मिष्टान्नहरू तयार पारी साँझपख नदी वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ्य दिनुका साथै जलाशय र नदीको किनारमा भजन–कीर्तन गरी जाग्राम बस्ने पनि चलन छ ।

आज व्रत बसी सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने सन्तान प्राप्तिका साथै सुख समृद्धि हुने धार्मिक विश्वास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button