दुई दिने “हेरिटेज राइड” साइकल यात्रा हुने
पाल्पा । पाल्पाको धार्मिक, ऐतिहासिक, प्राकृतिक महत्वको प्रचारप्रसार,पर्यटनको प्रबद्र्धन र स्वस्थ जीवन शैलीमा टेवा पुर्याउने उद्देश्यले दुई दिने “हेरिटेज राइड” साइकल यात्रा हुने भएको छ ।
पाल्पा जिल्ला साईक्लिङ्ग सङ्घको आयोजनामा साइकल यात्रा हुन लागेको हो । भोली बिहान ६ बजे तानसेनको टुँडिखेलबाट सुरु हुने साइकल यात्रा तानसेन, भैरबस्थान, लिस्नु भीर, अर्गली, रिडी, रानीमहल हुँदै तानसेनमा आएर समापन हुने आयोजक पाल्पा जिल्ला साईक्लिङ्ग सङ्घले आज पत्रकार सम्मेलन गरि जनाएको छ ।
साइकल यात्रामा पाल्पासँगै रुपन्देही, नवलपरासी, कावासोती, चितवन, काठमाडौँ, सिराहा, नेपालगन्ज, लगायतका स्थानबाट राईडरहरु पाल्पा आइसकेको आयोजकले जनाएको छ । जसमा १ सय ५० जना साइकल राइडरहरु सहभागी हुने छन् । यात्रामा १४ वर्षदेखि ६५ बर्षसम्मका राईडरहरु सहभागी हुने छन् । जसमा दुई जना अपाङ्ग, एक जना महिला र एक जना विदेशी नागरिकको समेत सहभागिता रहने आयोजक पक्षले जनाएको छ ।
साहसी पर्यटनको निकै राम्रो सम्भावना भएको पाल्पामा हुन लागेको साइकल यात्राले पर्यटन प्रवद्र्नमा समेत टेवा पुर्याउने संघका सल्लाहकार सागरमान महर्जनले बताउनुभयो । उहाँले यात्रामा सहभागी सबैको बीमा, प्राथमिक उपचार, खाना तथा बासको समेत व्यवस्था गरिएको बताउनुभयो ।
साइकल यात्राले तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिकासम्म यात्रा तय गर्ने छ । यात्राको क्रममा विभिन्न स्थानका पहिचानको रुपमा रहेका संस्कृतिका झाँकीहरू देखाइने छ ।
प्रतिक्रिया राख्नुहोस्