तपाईँ सुन्दै हुनुहुन्छः

त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

राजविराज (सप्तरी) । जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर आज दुई बालिकाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।

स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदायकुमार रायले बताउनुभयो ।

उहाँका अनुसार कञ्चनरुप नगरपालिका–४ जगतपुरस्थित धनकटामा रहेको त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेकामा दुई जनाको मृत्यु भएको र स्थानीय आठ वर्षीया काजल खंग अझै बेपत्ता रहेको छन् ।

बेपत्ता भएका बालिकाको खोजीकार्य जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button