तपाईँ सुन्दै हुनुहुन्छः

बारामा बस दुर्घटना हुँदा २३ जना घाइते

बारा  । बारामा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

जनकपुरबाट नारायणघाटतर्फ जाँदै गरेको ना.५ख ८८०२ नं. को बस निजगढ नगरपालिका वडा नं.९ भमरा पुल नजिकै दुर्घटनामा परेको हो ।

३८ जना सवार बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार २३ जना घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय निजगढले दिएको जानकारी अनुसार घाइते मध्ये ६ जनाको हेटौँडा र वीरगञ्जमा रिफर गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button