तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाई मन्दिरमा आउने भक्तजनहरूको गरगहना चोरी गर्ने तीन जना पक्राउ

बारा । बाराको गढीमाई मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूको गरगहना चोरी गर्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं. १६ बस्ने शम्भु राय यादव, वडा नं.२० बस्ने सन्दिप राय यादव र पकाहा मैनपुर गाउँपालिका वडा नं.५ बस्ने पवन यादव रहेका छन् ।

मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको सिक्रीलगायतको गरगहना उनीहरू चोर्दै आएका थिए ।

मेलामा जडान सिसीटिभी क्यामरामा हेर्दा तीनै जनालाई पहिचान गरी पक्राउ गरिएको महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवले बताउनुभयो ।

शनिबार दर्शनार्थीको पाइन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाइएको समेत नगरप्रमुख यादवले बताउनुभयो ।

मङ्सिर १ गतेदेखि सुरु हुने मेलामा आउने दर्शनार्थीको सुरक्षाको लागि २० ठाउँमा सिसी टिभी क्यामरा जडान गरिएको र बाँकी १० वटा अझै थप्ने काम भइरहेको महागढीमाई नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button