अरिङ्गालले टोक्दा बझाङमा दुई वालकको मृत्यु
बझाङ । अरिङ्गालले टोक्दा बझाङमा दुई जना वालकको मृत्यु भएको छ । थलारा गाँउपालीका वडा नम्बर-२ घर भएका ३ वर्षका सुरवीर खाती र ५ वर्षका सिया खातीको मृत्यु भएको त्यहाँका वडा अध्यक्ष रवीन्द्र खातीले रेडियो नेपाललाई जानकारी दिनुभएको छ । ७ वर्षकी सुमि खाती उहाँकी आमा डम्मरा खाती र बजैको पनि अरिङ्गालको टोकाई वाट शक्त घाइते भएका छन् ।
उनीहरू सबै एउटै घरपरिवारका सदस्य हुन । घाइते सुमि खातीको अवस्था पनि गम्भीर रहेको वडा अध्यक्ष खातीले जानकारी दिनुभयो ।
शनिवार घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा अरिङ्गालले टोक्दा दुवै जना बच्चाहरूको स्थानीय दङ्गाजी स्वास्थ्य चौकी ल्याउँदै गर्दा मृत्यु भइसकेको उहाँले जानकारी दिनुभयो । तिहारको बेला भएको यो घटनाले दङ्गाजी गाउँ अहिले शोकमग्न भएको छ ।
प्रतिक्रिया राख्नुहोस्