प्रधानमन्त्रीद्वारा तिहारको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएकाले यस अवसरमा सबै नेपालीमा उमङ्ग छाओस् भन्नुहुँदै शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले भाइटिकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्दै भाइटिकाले दिदीबहिनी र दाजुभाइबिच थप स्नेह जागृत गर्ने विश्वास लिनुभएको छ । भाइटिकाका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले तिहार सबैको जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटिका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटिकाको शुभकामना ।”








प्रतिक्रिया राख्नुहोस्