बारामा १ अर्ब ५१ करोड बराबरको भदैया धान उत्पादन
बारा । बारामा यस वर्ष रु १ अर्ब ५१ करोड ३ लाख २० हजार बराबरको ४८ हजार ७ सय २० मेट्रिक टन भदैया धान उत्पादन भएको छ ।
कृषकहरूले गत वर्ष ११ हजार ९ सय हेक्टर क्षेत्रफलमा खेती गरेकोमा यस बर्ष कुल ११ हजार ६ सय हेक्टर खेती गरेको भए पनि उत्पादकत्वमा कमी नआएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामजिवन ठाकुरले बताउनुभयो ।
यस वर्ष भदैया धान राम्रोसँग उत्पादन भएकाले किसानहरू खुसी भएको महागढीमाई नगरपालिका–९ पिप्राबिर्ताका किसान पन्नालाल दासले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्