पर्यटनमन्त्री पाण्डेद्वारा विश्वविख्यात चिनियाँ वैज्ञानिक विङडिङ सम्मानित
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गर्नुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, उजा र स्वास्थ्यसम्बन्धी १६ वटा देशका वैज्ञानिकहरूको सहभागिता रहको काठमाडौँमा आयोजित गोष्ठीको समापनका अवसरमा मन्त्री पाण्डेले उहाँलाई अभिनन्द गर्नुभएको हो ।
गोष्ठीमा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्य क्षेत्रका समस्या समाधान लगायतका विषयका साथै पर्यटन प्रवर्द्धनका क्षेत्रमा गुणस्तरीय छलफल भएको प्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
मन्त्री पाण्डेले भन्नु भयो, ‘आज हामी एउटा विशेष सन्दर्भले जोडिएका छौँ । हामी एक जना विश्व विख्यात वैज्ञानिकलाई हाम्रो तन, मन र वचनबाट सम्मान गर्दै छौँ । चीनमा डिस्टिङगुइस योङ साइन्टिस्ट र चाङजियाङ को उपाधि प्राप्त गरिसक्नुभएका उहाँ संसारका दुई प्रतिशत वैज्ञानिकभित्र पर्ने वैज्ञानिक हुनु हुन्छ ।’
थप चर्चा गर्दै मन्त्री पाण्डेले भन्नुभयो, ‘उहाँले ४७० भन्दा धेरै अनुसन्धान मूलक लेखहरू लेख्नुभएको छ । उहाँको स्वास्थ्य प्रविधिको क्षेत्रमा अनुसन्धान र उद्योगलाई जोड्ने विषयमा अतुलनीय योगदान रहेको छ । साथै, पूर्वी एसिया र दक्षिण एसियालाई जोड्ने पुलक रूपमा काम गर्नु हुने वैज्ञानिक विङडिङ नेपालमा हार्दिक स्वागत गर्दछु ।’
मन्त्री पाण्डे नेपाल र चीन बीच यस्ता आदान–प्रदानको धेरै पुरानो इतिहास रहेको उल्लेख गर्दै बौद्ध भिक्षु तथा प्रसिद्ध तीर्थयात्री फाहियान चौथो शताब्दीमा यहाँ नेपाल आएको अभिलेखले रहेको र लुम्बिनीको इतिहास उत्खननमा अतुलनीय योगदान पुर्याएको उल्लेख गर्नुभयो ।
उहाँले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धानको केन्द्रको रूपमा विकसित गर्न चिनिया विश्वविद्यालय र सरकारलाई जोड्ने पुलको रूपमा पनि सहयोग गरिदिनु समेत अनुरोध गर्नुभयो ।
उहाँले कोरियाली एवं चिनिया नागरिक लगायत अन्य सहभागीलाई नेपालको प्राकृतिक र सांस्कृतिक रुपमा सम्पन्न मुलुक भएकाले नेपाल घुम्न आउन समेत अनुरोध गर्नुभयो ।
अभिनन्द कार्यक्रममा बोल्दै विङडिङले नेपालीहरू निकै आत्मीय रहेको भन्दै भएकाले नेपाली विद्यार्थीलाई आफू मातहतमा अध्ययन अनुसन्धानमा लगाउन नपाएको उल्लेख गर्दै उहाँहरूलाई आफूसँग जोडिन दिन समेत आग्रह गर्नुभयो । प्राध्यापक विङडयानको मातहतमा ११४ जना विद्यार्थीहरूले विद्यावारिधी गरिरहनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्