५५ बर्षीय यादवको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना नियन्त्रणमा
बारा । बारामा एक जना पुरुसको घाटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका सबै जना स्थानीय रहेको बाराका प्रहरी प्रवतmा प्रकाश सापकोटाले जानकारी दिनभयो । उनीहरुमाथि अनुसन्धान भईरहेको छ
शनिवार करिब साढे ८ बजेकोको समयमा महागढीमाई नगरपालिका वडा नम्बर १ मा पर्ने सिमरा तेगछिया र न्यकाटोलाको बिचमा न्याकाटोला ५५ बर्षीय निवासी श्री नारायण यादवको घाटीमा प्रहार गरिएको थियो ।
किन र कसले हत्या गरेको हो भन्ने बिषय अहिले भने खुली नसकेको र त्यस बिषयमा अनुसन्धान भईरहेको प्रहरी प्रवतmा सापकोटाले जानकारी दिनुभयो ।
यादवको शव परिक्षण पश्चात परिवारजनलाई जिम्मा लगाइएको छ ।अहिले सो क्षेत्रमा ब्याप्क प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्